एमालेद्वारा संसद् बैठक अवरोध, सभामुखको विरोध

एमालेद्वारा संसद् बैठक अवरोध, सभामुखको विरोध

बुधबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठक एमालेले अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही समय ढिला ४ बजेर ६ मिनेटपछि सुरु भएको थियो ।

सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेका छन् । उनले सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेकोमा विरोध गरेका छन् । उनले सभामुखको भूमिका तथस्ट नरहेको बताए ।

उनले आफ्नो पार्टी नियोजित रुपमा फुटालेको बताए । उनले सभामुखले दल विभाजनका लागि सहयोगी र मतियार बनेको बताए । उनले यो विषयमा स्पष्ट जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए ।

त्यसपछि एमालेका सांसदहरु आ आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका छन् । बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।