राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार

राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार

राष्ट्रिय सभाको अर्को बैठक शुक्रवारका लागि बोलाइएको छ । बुधवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो । 

दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिँदै आगामी बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे बोलाएको बताए ।