सांसदहरुको नाराबाजीका बावजुद अध्यादेश पेश

सांसदहरुको नाराबाजीका बावजुद अध्यादेश पेश

नेकपा एमालेका सांसदहरुको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाणले संसदमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन् । एमालेका सांसदहरुले नारावाजी गर्दै बैठक सञ्चालनमा अवरोध गरिरहँदा गृहमन्त्री खाणले राजनीतिक दल सम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल गरेका हुन् ।

बुधबार ४ बजे सुरु भएको संसद बैठक एमालेका सांसदहरुको विरोधका कारण दुई पटकसम्म स्थगित गर्नु परेको थियो । दोस्रो पटक सुरु भएको बैठक नेकपा एमाले संसदको रोष्टम घेराउ गरिरहँदा मर्यादापालकहरुले गृहमन्त्री खाणलाई रोष्ट्रममा पुर्‍याएका थिए ।