टी-ट्वान्टी विश्वकपका लागि कोहलीको कप्तानीमा भारतीय टिम घोषणा

टी-ट्वान्टी विश्वकपका लागि कोहलीको कप्तानीमा भारतीय टिम घोषणा

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि भारतले टिम घोषणा गरेको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने  प्रतियोगिताका लागि भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो ।

भारतले घोषणा गरेको टिममा रोहित शर्मा उपकप्तान छन् । कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ ।

सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । भारतको टिममा केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामी टिममा रहेका छन् ।