माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैतडी अध्यक्षमा माल निर्वाचित

माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैतडी अध्यक्षमा माल निर्वाचित

आशिष माल, बैतडी ।  नेकपा माओवादी केन्द्रको निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको बैतडी जिल्ला अध्यक्षमा गोबिन्द सिह माल निर्बिरोध चयन भएका छन् । 
 
‘दलाल पूजीवादी शिक्षाका विरुद्धमा हाम्रो आन्दोलन ! सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि ‘नवौँ जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ बैतडीको बिरेन्द्र  मा .वि साहिलेकमा  सम्पन्न अधिवेसनले माललाई सर्वसम्मत चयन गरेको हो । 
 
बिहीबार मालको अध्यक्षतमा ५१ सदस्यीय जिल्ला कमिटी समेत सर्वसम्मत रुपमा चयन गरिएको छ । समितिको उपाध्यक्षमा सोनम धामी, पूर्ण धामी र गणेश ओड चयन भएका छन् । यसैगरी सचिवमा गणेश बम, कोषाध्यक्षमा हेमा कुँवर र सहसचिवमा रोशन भट्ट, सुरज विक र तेजराज जोशी चयन भएको नेकपा माओवादीका युवा नेता दिपक धामीले बताउनुभयो। 
 
माओवादी  केन्द्रका केन्द्रिय सदस्य एवँ सुदूरपश्मि प्रदेश  संयोजक मदन भुलको  प्रमुख आथित्यता तथा  प्रदेश सभा सदस्य  प्रेम प्रकाश भट्ट आदित्यको विशिष्ट आथित्यतामा  समपन्न सम्मेलनमा नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 
भेलालाई संवोधन गर्दै मोओवादी नेता एवं प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य) ले  हेर्दा सामान्य जस्तो लाग्न सक्ने भएपनि जनताको अवस्था कहाली लाग्दो भएको बताउनुभयो। उनले गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी निशुल्क पाउनु जनताको नैसर्गिक अधिकार भएको र यसको व्यवहारिक कार्यान्वयनका लागि माओवादी केन्द्र निकट विद्यार्थी र अन्य भातृ संगठनहरुले पनि लाग्नुपर्ने बताउनुभयो । 
 
शिक्षा, न्याय, रोजगार लगायतका हरेक कुरामा राज्यले जनता माथि विभेद गरिरहेको  भट्टको आरोप छ । यो अवस्थालाई परिवर्तन गरि न्यायपूर्ण समतामुलक बैज्ञानिक समाजवाद स्थापना गर्नु अति आवश्यक भैसकेको दाबी भट्टको  छ । कार्यक्रममा एक जना नेकपा निकट विद्यार्थी नेताले अनेरास्ववियुमा प्रवेस गरेको नवगठित समितिका अध्यक्ष मालले बताउनुभयो ।