कांग्रेसको निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा

कांग्रेसको निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् ।

जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् । २० जिल्लामा पनि वडा अधिवेशन गर्ने अवस्था नभएको भन्दै निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएका छन् ।