मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक  आज  बस्दै

मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेर ४५ मिनेटमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकको एजेण्डा नखुलाइएपनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।

आजै सत्ता गठबन्धनको बैठक पनि बिहान ९ बजे बस्दैछ । एमसीसी उपाध्यक्ष फातिमा मसुर नेपाल भ्रमणमा आएपछि एमसीसीबारे बहस चर्किरहेको छ भने प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न इच्छुक भएपनि सत्ता गठबन्धन नै एकमत रहेको छैन ।