नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनले हरायो , सन्दीपले ११ रन दिएर ६ विकेट लिए

नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनले हरायो , सन्दीपले ११ रन दिएर ६ विकेट लिए

पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली १ सय ५१ विजयी भएको छ । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो । पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाए । 

बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे । ५ ओभर १ बल बलिङ गरेका सन्दीपले मात्र ११ रन दिएर ६ विकेट लिए । त्यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १र१ विकेट लिए । यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएको हो । 

नेपालका लागि रोहित पौडेलले अर्धशतकीय पारी खेले । एक सय २३ बल खेलेका रोहितले ८६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले २६ बलमा ४२ रनको योगदान गरे । बलिङतर्फ पीएनजीका चाद सोपरले तीन विकेट लिए । त्यस्तै नोरमन भानुआ र कबुआ मोरेले दुईरदुई विकेट लिए । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो ।