धनगढीमा एमसीसीविरुद्ध निरन्तर प्रदर्शन

धनगढीमा एमसीसीविरुद्ध निरन्तर प्रदर्शन

धनगढी । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा आज पनि एउटा समूहले धनगढीमा प्रदर्शन गरेको छ । एमसीसी खारेज अभियान नाम दिईएको युवाहरुको समुहले शनिबार धनगढीमा प्रदर्शन गरेको हो । स्वाधीनताको रक्षा गरौं, एमसीसी खारेज गरौं भन्ने नारा सहित युवाहरुको समुहले ¥याली सहित प्रदर्शन गरेको हो ।

राट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि राष्ट्रघाती एमसीसी पूर्ण रपमा खारेज गरिनु पर्ने उनीहरुको माग छ । एमसीसी खारेज अभियानमा उत्रिएका स्वतन्त्र युवा गणेश विनाडीले एमसिसी पारित गर्नका लागि नेपालका शासक र राजनीतिक दललाई प्रभावमा पार्ने प्रयास गरिरहेको आरोप लगाए । एमसीसी देशको हितमा नभएको भन्दै यो सम्झौता पूर्ण रुपमा खारेज गर्नु पर्ने उनले माग गरे ।

एमसीसीका पदाधिकारीहरु अहिले राजधानीमा छन् । उनीहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सरकारसँग अनुदानको विषयमा छलफल गरिरहेका छन्। धनगढीमा विभिन्न व्यक्तिहरुको समुहले एमसीसी खारेज गर्न माग गदैृ ैनिक जसो प्रर्दशन गर्दै आएका छन ।