विवेकशील साझा युवा संगठनद्धारा एमसीसी विरुद्ध अछाममा पनि प्रदर्शन

विवेकशील साझा युवा संगठनद्धारा एमसीसी विरुद्ध अछाममा पनि प्रदर्शन

धनगढी । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा विवेकशील साझा युवा संगठनले अछाममा पनि प्रदर्शन गरेको छ । एमसीसी देशको हितमा नभएको भन्दै संगठनले शनिबार जिल्ला सदरमुकाम मंगलसेनमा प्रदर्शन गरेको हो ।

संगठनले विभिन्न जिल्लामा एमसीसी विरुद्ध प्रदर्शन गर्दै आएको छ । सोही अनुसार एमसीसीको बिरोध गर्ने क्रममा आज अछाम सदरमुकाम मंगलसेनमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको संगठनका सुदूरपश्चिम संयोजक रोहित चन्दले जानकारी दिए ।

''हामी राष्ट्रियता र स्वाधीनतामा प्रतिबद्ध छौं',उनले भने,'त्यसैले वडा तह देखि विरोध गर्ने हामी एक मात्र राजनीतिक युवा संगठन बनेका छौं ।''

May be an image of 1 person, standing and outdoors