नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । गएको बिहीवार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिती राईले एकरएक गोल गरेका थिए ।

बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।