धनगढीबाट अछाम जादैं गरेको मालबाहक ट्रक गोदावरीमा दुर्घटना

धनगढीबाट अछाम जादैं गरेको मालबाहक ट्रक गोदावरीमा दुर्घटना

धनगढी । कैलालीमा मालबाहक ट्रक दुर्घटना भएको छ । धनगढीदेखि अछाम जाँदै गरेको से.१. ख १२५७ नम्बरको मालबाहक ट्रक शनिबार राती गोदावरीमा दुर्घटना भएको हो ।

ट्रक सडक छेउबाटै गुड्दै गरेको अवस्थामा करिव ५० मिटर तल खसेको थियो । सडक भासिदा ट्रक तल खस्न गएको हुन सक्ने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

ट्रक तल खसेपनि मानविय क्षति कुनै नभएको जनाइएको छ । उनका अनुसार ट्रक खस्दा चालक जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ४२ वर्षिय रेश्म खत्री सामान्य घाइते भएका छन । ट्रकमा रहेको करिव आठ लाख बराबरको तरकारी तथा फलफूलमा क्षति पुगेको ट्राफिक प्रहरीले जनाइएको छ ।