मोबाइल ब्याट्रीको लाइफ बढाउन र विस्फोटबाट रोक्न जान्नैपर्ने यी ६ कुराहरु

मोबाइल ब्याट्रीको लाइफ बढाउन र विस्फोटबाट रोक्न जान्नैपर्ने यी ६ कुराहरु

मोबाइल ब्याट्रीको लाइफ र ब्याकअप बढाउनका लागि निर्माता कम्पनीहरुले निरन्तर प्रयास गरिरहेका छन् । अहिले त कतिपय स्मार्टफोनमा 4000 mAH पावरको ब्याट्रीसमेत राख्न थालिएको छ, जसले कैयन घण्टासम्म ब्याकअप दिन्छ ।

तर, लगातारको समय मोबाइलबाट कुराकानी गर्दा ब्याट्री तात्ने र विस्फोट हुने समस्या पनि आउने गरेको छ । यस्तो अवस्थामा मोबाइल प्रयोगकर्तालाई ब्याट्रीको लाइफ बढाउने र विस्फोट हुनबाट बचाउने उपायबारे जानकारी हुनु जरुरी छ ।

मोबाइलको ब्याट्री हुने समस्या अहिले त आम बनिसकेको छ । प्रया चार्जका दौरान मोबाइलको ब्याट्री विस्फोट हुने गरेको पाइन्छ । कतिपय समयमा खल्तिमा राखेको मोबाइल पनि विस्फोट हुने गरेको पाइन्छ । तपाईंले केही सामान्य कुराको ख्याल गर्नुभयो भने तपाईंको ब्याट्रीको लाइफ बढाउन सक्नुहुन्छ ।
ब्याट्रीलाई सुरक्षित राख्न र यसबाट हुनसक्ने सम्भावित दुर्घटना रोक्न यसो गर्नुस् :

– जुन कम्पनीको मोबाइल हो, सोही कम्पनीको चार्जर प्रयोग गर्नुस् । नक्कली चार्जरको प्रयोग भूलेर पनि नगर्नुस् ।
– जुन कम्पनीको मोबाइल हो, सोही कम्पनीको ब्याट्री प्रयोग गर्नुस् । सस्तो र लोकल ब्याट्री खतरनाक हुन्छ ।
– मोबाइललाई चार्जिङको समय तातो ठाउँमा नराख्नुस् । बढी तातो भएर पनि ब्याट्री विस्फोट हुने खतरा रहन्छ ।
– केही मानिस रातिबाट भोलिपल्ट बिहानसम्म ब्याट्री चार्जमा राख्छन्, यसले पनि ब्याट्रीको आयु घटाउँदै विस्फोटो खतरा बढाउँछ ।
– मोबाइल चार्जमा जोडिरहेको अवस्थामा फोन लगाउने र फोन रिसिभ गर्ने गल्ति नगर्नुस् ।
– राति सुत्ने समयमा मोबाइल आफूसँगै नराख्नुस् । यसलाई बेडबाट केही पर राख्नु उपयुक्त हुन्छ ।