पछिल्लो २४ घण्टामा नौ सय ११ जना संक्रमित थपिदा, १ हजार ४२३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नौ सय ११ जना संक्रमित थपिदा, १ हजार ४२३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर गरी ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा नौ सय ११ जनामा सङ्क्रमण देखिएको छ । दैनिक एक हजारभन्दा कम सङ्क्रमित भेटिएको आज दोस्रो दिन हो । झन्डै पाँच महिनापछि हिजो शनिवार पनि एकै दिन सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजारभन्दा कम थियो ।

आज थपिएका नौ सय ११ जनासहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६३ हजार आठ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप एक हजार चार सय २३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३९ हजार चार सय ५७ पुगेको छ ।

यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ४९ पुगेको छ ।

अहिले नेपालमा २६ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५४ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले छ ।  

नेपालमा कोरोना सङ्क्रमण दर १० प्रतिशतभन्दा तल झरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि पहिलो पटक आज सङ्क्रमण दर १० प्रतिशतभन्दा तल ८ दशमलव २६ प्रतिशतमा झरेको हो ।