४२ वर्षीय निस्वार्थ राजनीतिको उपहार : क्षेत्रीय प्रतिनिधि मै हराईयो

४२ वर्षीय निस्वार्थ राजनीतिको उपहार : क्षेत्रीय प्रतिनिधि मै हराईयो

महेन्द्रनगर । बिगत बयालिस वर्ष भन्दा पहिले देखि निरन्तर रुपमा नेपाली काङ्ग्रेसको मुल मर्म र सिद्धान्तलाई आत्मसाथ गरि पार्टी, संगठनलाई जोगाउन सक्रिय रहेका व्यक्ती हुन "भिमदत्त भट्ट"। कंचनपुर को बेलौरी नगरपालिका कलकत्तामा वि.सं. २००५ साल फाल्गुन ०१ मा जन्मिएका भट्ट वि.सं.२०३६ सालबाट नेपाली काङ्ग्रेसको कार्यकर्ता हुन ।

उनले कृष्णपुर नगरपालीका १ बाट वि.सं.२०४९ सालमा क्रियाशिल सदस्यता पाएका थिए।  उनले नेपाली काङ्ग्रेसको कार्यकर्ता भएर काम गर्दा हालको कृष्णपुर वडा नम्बर १ मा काङ्ग्रेस अवस्था धेरै कमजोर रहेको थियो । उक्त वडामा दिनरात उनले आफ्नो व्यक्तिगत जिवनको वास्ता नगरी नेपाली काङ्ग्रेस पार्टी बिस्तार गर्न र पार्टीको प्रभुत्व जोगाउन उनको महत्वपूर्ण योगदान रहिआएको छ ।   

भट्टले गाउँ गाउँ  बाट बलियो काङ्ग्रेस र सुदृढ काङ्ग्रेसको परिकल्पना गर्दै नेपाली काङ्ग्रेसको राजनितीमा पाईला टेकेका थिए । फाटेको चप्पल लगाएर राजनिती सुरु गर्ने राजनितीज्ञहरु दुईचार वर्षमै ठुला ठुला महल अनि  चिल्लो गाडीमा गुडेका हामिले  प्रसस्तै देख्न पाउछौ ।

राजनितीलाई कमाई खाने भाडो बनाउने प्रवृत्ति बढिरहेको देख्दै गर्दा स्वच्छ र सफा मनले निस्वार्थ राजनीति गर्ने हरु बिरलै भेटिन्छ्न या त आजभोली भेट्नै मुस्किल छ । तर ती बिरलै भेटिने मध्यका एक हुन "भिमदत्त भट्ट" जसले आफ्नो पुर्ण जीवन बिना स्वार्थ राजनीति र समाजसेवा मै बिताए। न कहिलेइ पद र प्रतिष्ठाको लोभ गरे न त मरिहत्ते गरे । उनले आफ्नो  जुन अवस्थामा राजनिती सुरु आज पनि त्यही अवस्थामा छन। 

नेपाली काङ्ग्रेस पार्टी लाई आफ्नो परिवार सम्झी सदैव पार्टी जोगाउन र बिस्तार गर्न निस्वार्थ लागि परि रहे । तर उनको यो योगदान न त पार्टीले चिन्न सक्यो न त पार्टीका कार्यकर्ताले । आफ्नो व्यक्तिगत स्वास्थ्यको समेत ख्याल नगरी पार्टीका लागि सदैव  सक्रिय रहने उनले  नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका लागी उम्मेद्बारी दिएका थिए तर दुर्भाग्यवश उनले हार बेहोर्नु पर्यो ।

जम्मा ८९ जना कृयाशिल सदस्यहरु रहेको कृष्णपुर १ बाट जम्मा ७७ मत खसेको थियो भने भट्टले जम्मा ४३ मत प्राप्त गर्दै हार बेहोरेका छन । पार्टि भित्र केही अवसरवादी र पुजीवादीहरुको हावी भएका कारण उनले हार बेहोर्न परेको स्थानीयहरु बताउछ्न । 

 नेपाली काङ्ग्रेसले न त भिमदत्त भट्टको पार्टीका लागि गरेको त्यो योगदान नै चिन्न सक्यो न त भिमदत्त लाई नै । यति मात्रै होइन, नेपाली काङ्ग्रेस कृष्णपुर १ मा भट्ट जेष्ठ राजनीतिज्ञ सदस्य समेत हुन । पार्टीले दिने जेष्ठ राजनितीज्ञ  सभा सदस्य सम्मान पनि भट्टले पाउनु पर्ने ठाउँमा अरुकै नाम सिफारिस भएर आएको  पाईएको छ। ६० वर्ष भन्दा माथीका राजनीतिज्ञ सदस्यले पाउनुपर्ने उक्त सम्मान ४८ वर्षीय राजनितीज्ञको को नाममा सिफारिस आएको पाइएको छ।  

नेपाली काङ्ग्रेस भित्र गरिएको उक्त विभेदपुर्ण कार्यले पार्टी लाई कमजोर बनाएर लैजाने भट्टले बताएका छ्न ।  उनले भनेका छ्न ; पार्टी हाम्रो हो हामी सबैले मिलेर संरक्षण गर्नु पर्छ र पार्टी भित्र रहेको विभेद र बिकृतीहरु हटाउन केन्द्रिय स्तरका नेताहरुको पनि ध्यान जान जरुरी छ। आफ्ना असली  कार्यकर्ता जसले पार्टी जोगाउन र  पार्टी सुदृढ गर्न योगदान पुर्याएका छ्न उनिहरुको अमुल्य योगदान हामी कसैले पनि बिर्सनु हुदैन।" 
 
१४ औ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिबाट हार बेहोरेका भट्टले वडा भित्र रहेका पार्टी र संगठनका कमि कमजोरीहरु सुधार्दै जाने र सबैसंग समान दृष्टिकोणले आफ्नो जिम्मेवारी पूरा गर्ने संकल्प समेत गरेका छ्न । उनले नेपाली काङ्ग्रेस कृष्णपुर वडा नम्बर  १ बाट सहयोग गर्ने पार्टीका सम्पुर्ण सहयोगीहरु र मत दिनेहरु प्रती  आभार प्रकट गरेका छ्न।

अबका दिनमा पनि काङ्ग्रेसको सिद्धान्त मुल मर्मलाई आत्मसाथ गरि पार्टी र संगठनलाई गाउँ गाउँ  बाट बलियो बनाउने र सुदृढ काङ्ग्रेसको निर्माण गर्न सहयोग गर्ने  प्रतिबद्धता समेत जनाएका छ्न। उनको सामाजिक र राजनितीक  क्षेत्रमा अमुल्य योगदान रहदै आएको छ । नेपाली काङ्ग्रेसको राजनितीमा  मात्रै नभई नेपाली राजनिती मै उनी एक उदाहरणिय नेता समेत हुन।