एप्पलको चेतावनी : मोटरसाइकलको ‘भाइब्रेसन’ ले आइफोनको क्यामेरा बिगार्न सक्ने सम्भावना

एप्पलको चेतावनी : मोटरसाइकलको ‘भाइब्रेसन’ ले आइफोनको क्यामेरा बिगार्न सक्ने सम्भावना

शक्तिशाली मोटरसाइकलहरुबाट उत्पन्न हुने खराब ‘भाइब्रेसन’ बाट आइफोन प्रयोगकर्ताहरुलाई सावधान रहन एप्पलले चेतावनी दिएको छ । यसले आइफोनको क्यामेरा प्रणालीमा क्षति पुर्याउने कम्पनीको भनाइ छ । 

यसअघि ‘म्याक रुमर्स’ ले यो समसया पहिचान गरि डक्युमेन्ट सार्वजानिक गरेको थियो र त्यसैको समर्थनमा एप्पलले यस्तो चेतावनी जारी गरेको छ । यसमा शक्तिशाली मोटरबाइकमा आइफोन जडान नगर्न भनिएको छ । 

इन्जिन भाइबरेसनले फोनको ‘अप्टिकल–इमेज स्टेबिलाइजेसन’ लाई बिगार्न सक्छ । त्यो भनेको फोनबाट लिइने तस्बिरको गुणस्तरमा सुधार ल्याउन डिजाइन गरिएको प्रणाली हो । त्यसैले स्कुटर या बाइक चालकहरुले फोन जडान गर्दा त्यसमा भाइबरेसन कम गर्ने डिभाइस राख्नुपर्ने सुझाव दिइएको छ । 

ठूलो आवाज निकाल्ने मोटरसाइकल इन्जिनहरुबाट अत्यन्तै उच्च स्तरको भाइबरेसन उत्पन्न हुन्छ जुन फ्रेम र ह्यान्डलबार मार्फत फोनसम्म पुग्न सक्छ । यसरी उच्च स्तरको भाइबरेसनसँग सिधा सम्पर्कमा आउँदा यसले क्यामरा प्रणालीको क्षमतामा गिरावट ल्याउँछ जसले तस्बिर र भिडियोका गुणस्तर घटाइदिनेछ । यसको सबैभन्दा उपयुक्त समाधान भनेको सकेसम्म मोटरबाइकमा आइफोन जडान नगर्नु रहेको बताइएको छ । 

यसअघि सामाजिक संजाल मार्फत धेरै मानिसहरुले मोटरसाइकलमा जडान गरेपछि आफ्नो फोन बिग्रिएको गुनासो गरेका थिए । र एप्पलका अनुसार आइफोनका मोडल पनि त्यस किसिमको क्षतिप्रति संवेदनशील छन् ।