दार्चुलामा बालबालिकामा कोरोना संक्रमण उच्च एक महिनाको अवधिमा ३८ जनामा पोजेटिभ

दार्चुलामा बालबालिकामा कोरोना संक्रमण उच्च एक महिनाको अवधिमा ३८ जनामा  पोजेटिभ

दार्चुलामा तीन दिनको अवधिमा ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीन दिनको अवधिमा जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा ६ जना बालबालिकामा संक्रमण देखिएको हो। अस्पतालका अनुसार बिहीबार मात्रै २ जना ४ महिना र १० महिनाको उक बच्चामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै महाकाली नगरपालिका -४ का एक बालकलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ। एक महिनाको अवधिमा ३८ जनामा एन्टिजेन परीक्षण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। बालबालिकामा कोरोना देखिन थालेपछि अस्पतालले १० बेडको आइसोलेसन बनाउन थालेको छ।