संविधान दिवसमा भाग नलिने, विरोध गर्ने जसपाको घोषणा (विज्ञप्ति सति)

संविधान दिवसमा भाग नलिने, विरोध गर्ने जसपाको घोषणा (विज्ञप्ति सति)

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले घोषणा गरेको संविधान दिवस–२०७८ मा भाग नलिने भएको छ । संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको भन्दै जसपाले दिवस नमनाउने र विरोध गर्ने जनाएको छ ।

“संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरूको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरूलाई आह्वान गरिन्छ,” अध्यक्ष उपेन्द्र यादवद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

जसपाले नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यकलगायतले उठाउँदै आएका मुद्दाहरूलाई सम्बोधन नगरेको भन्दै विरोध गर्दै आएको छ ।