सुदूरपश्चिम सरकार नेपालको संविधानको पूर्ण पालना र कार्यान्वयनमा प्रतिबद्ध छ : मन्त्री जोशी

सुदूरपश्चिम सरकार नेपालको संविधानको पूर्ण पालना र कार्यान्वयनमा प्रतिबद्ध छ : मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको अक्षरशःपालनामा राजनीतिक नेतृत्व, सरकार प्रमुख र नेपाली जनता इमान्दार हुनुपर्ने बताउनु भएको छ ।

संविधान दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले करिब सात दशक लामो राजनीतिक संघर्षबाट प्रापत संविधानले सामन्ती, निरंकुश, केन्दिकृत, राज्यव्यवस्थाद्धारा सिर्जित सबै प्रकारका असमानता, विभेद र उत्पीडनको अन्त्य गर्दै सहअस्तित्व, न्याय र समानताको माध्यमबाट नेपाली समाजलाई समृद्धिको मार्गमा अगाडी बढाउने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।

जननिर्वाचित संविधानसभाद्वारा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको सातौँ बर्ष प्रवेशको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा मन्त्री जोशीले शुभकामना व्यक्त गर्नुभएको छ ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनार्थ अमूल्य जीवन गुमाउनु हुने ज्ञातअज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

साथै मन्त्री जोशीले जारी गर्नु भएको शुभकामना सन्देशमा भनिएको छ, “सुदूरपश्चिम प्रदेश सरकार नेपालको संविधानको पूर्ण पालना, यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । सबै खालका असमानता, वञ्चनाहरुको कानुन र नीतिबाटै सम्बोधन गर्दै लोककल्याणकारी राज्यको अनुभूति गराउने दायित्व प्रदेश सरकारको समेत हो ।”

नेपालको संविधानले सबै नेपालीहरुलाई नेपाली हुनुमा गौरव अनुभूत गराउन सकोस्, राष्ट्र, राष्ट्रियता र बृहत राष्ट्रिय एकता, सामाजिक सद्भावलाई मजबुद बनाउन नेपालको संविधान थप प्रेरक बन्न सकोस्, भन्दै मन्त्री जोशीले संविधान दिवस २०७८ को सबैमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । 
No description available.