कञ्चनपुरमा गुप्ताङ्गमा लागुऔषध लुकाएको अवस्थामा एकजना पक्राउ

कञ्चनपुरमा गुप्ताङ्गमा लागुऔषध लुकाएको अवस्थामा एकजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत रहेको गड्डाचौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा दार्चुलाको महाकाली नगरपालिका-४ घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा बस्दै आएका १८ वर्षीय राहुल सोनमलाई पक्राउ गरिएको हो। 

उनीमाथि शंका लागेपछि चेकजाँच गर्दा गुप्ताङ्गमा लुकाई राखेको अवस्थामा लागुऔषध भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।