भारतमा पछिल्लो २४ घन्टामा ३० हजार बढी संक्रमित, २९५ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा ३० हजार बढी संक्रमित, २९५ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा ३० हजार २५६ जना संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा २९५ जनाको ज्यान गएको छ । 

भारतको केरलामा सबैभन्दा बढी संक्रमण देखिएको छ । केरलामा मात्रै १९ हजार ५५३ जना संक्रमित थपिएका छन् भने १५२ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयले ४३ हजार ९३८ जना निको भएको जनाएको छ । पछिल्लो २४ घन्टामा मात्रै भारमा ३७ लाखले कोरोना खोप लगाएका छन् । भारतमा अहिलेसम्म ८० करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।