लागु औषध मुद्दामा २ वर्षदेखि फरार एक पुरुष पक्राउ

लागु औषध मुद्दामा  २ वर्षदेखि फरार एक पुरुष पक्राउ

धनगढीमा २ वर्षदेखि फरार एक पुरुष पक्राउ परेका छन्। उप–महानगरपालिका -७ का ४८ वर्षीय डबल बहादुर शाहु मंगलबार पक्राउ परेका हुन्।

लागु औषध मुद्दामा सजाय भई फरार रहेका उनलाई कैलाली जिल्ला अदालतबाट २ हजार जरिवाना र ७ दिन कैद सुनाइएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शाहु २०७६ असार ५ गतेदेखि फरार रहेका थिए।