नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशमा राजकुमार क्षेत्री

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशमा राजकुमार क्षेत्री

राजन पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्री निमित्त महानिर्देशक बनेका छन् ।

१२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताए । अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा कार्यरत थिए । उनीसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालय लगायतमा काम गरेको अनुभव पनि छ । त्रिभुवन विमानस्थलमा रहँदा राम्रो काम गरेको भन्दै विभिन्न संस्थाहरुले आफूलाई सम्मानसमेत गरेको क्षेत्री बताउँछन् ।