आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ ।

अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ । दिल्लीले ८ खेलमा ६ मा जित र २ मा हार बेहोरेको छ । उसको १२ अंक छ । समान अंक रहेको चेन्नई नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

हैदराबाद ७ खेलमा २ अंक जोड्दै पुछारमा छ । यसअघि गएराति भएको खेलमा राजस्थान रोयलले पन्जाब किङ्सलाई दुई रनले हराएको छ ।