बैतडी । बैतडीमा हाईस र टेलर एक आपसमा ठोक्किँदा हाईसमा सवार ५ जना यात्रु सामान्य घाइते भएका छन् ।
महेन्द्रनगरबाट बैतडीको मौलेली आउँदै गरेको सु.प.प्र ०१००१ ज १३३४ नम्बरको हाईस र बैतडीबाट धनगढी जाँदै गरेको ना ६ ख ५६५९ नम्बरको टेलर पाटन नगरपालिका ६ हिरापुरमा एक आपसमा बुधवार साँझ पौने ५ बजेतिर एक आपसमा ठोक्किएका हुन् ।
हाईसले गलत साइडबाट टेलरलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका ६ का ५५ बर्षीया भागा कुमाल, सोही ठाउँका ५० वर्षीय गोपाल कुमाल, पाटन ६ कै ३२ बर्षीया रेखा केसी, पाटन ६ कै १६ वर्षीय आदित्य केसी र शिवनाथ गाउँपालिका ३ की २१ बर्षीया सरस्वती साउँद सामान्य घाइते भएका छन् ।
घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । हाईस र टेलर ठोक्किँदा हाइस सडक छेउमै पल्टिएको छ भने दुवै साधन र चालकहरू प्रहरी को नियन्त्रणमा रहेका छन् ।