नेपाली कांग्रेसको अधिवेशन कार्यतालिका हेरफेर, पालिकाबाहेकका सबै अधिवेशन दशैं पछि हुने

नेपाली कांग्रेसको  अधिवेशन कार्यतालिका हेरफेर,  पालिकाबाहेकका सबै अधिवेशन दशैं पछि हुने

नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका फेरि हेरफेर हुने भएको छ । चौथोपटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको छ ।

हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति जुटेको हो । प्रकाशित कार्यतालिका अनुसार असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गरिसक्ने योजना थियो ।

तर केही जिल्लामा क्रियाशिल सदस्यता विवदा मिलाउन हम्मे परेपछि अन्य तहको अधिवेशन पनि प्रभावित बन्ने भएका हुन् । हिजोको बैठकमा असोज ९ गतेका लागि निर्धारण भएको पालिकास्तरीय अधिवेशन यथावत राख्दै अन्य कार्यतालिका दशैं पछि सार्ने निर्णय भएको हो ।