पुनः वडा अधिवेशनको माग राख्दै काँग्रेस डडेल्धुराद्वारा रिले अनसन शुरु

पुनः वडा अधिवेशनको माग राख्दै काँग्रेस डडेल्धुराद्वारा रिले अनसन शुरु

डडेल्धुरा । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेस डडेल्धुराले बिहीबारदेखि रिले अनशन शुरु भएको छ।

सभापति देउवाको प्रत्यक्ष संलग्नतामा वडादेखि जिल्ला कार्यसमितिले पारित गरेर पठाएका क्रियासिल सदस्यता धाँधलीपूर्ण तरिकाले काटछाट गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै तत्काल अवैधानिक वडा अधिवेशन रद्द गरेर बिना कारण हटाइएका र आफुखुसी केन्द्रबाटै थप गरिएका क्रियासिल सदस्यता सम्बन्धि विवाद टुङ्याएर अधिवेशनको प्रकृया सुरुवात गर्न मागगर्दै रिले अनसन शुरु गरिएको नेपाली काँग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए।

जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर एकलौटी रुपमा प्रहरी परिचालन गरेर सम्पन्न गरिएको वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आमरण अनशनमा बस्नु परेको उनले जानकारी दिए।