महेन्द्रनगरमा सवारी चालक अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगरमा सवारी चालक अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कंचनपुरको महेन्द्रनगरमा सवारी चालक अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यातायात व्यवस्था कार्यालय महेन्द्रनगरबाट नयाँ लाईसेन्स लिएका सवारी चालकहरुलाई जिल्ला ट्राफिक कार्यालय कंचनपुर,यातायात  व्यवस्था कार्यालय कंचनपुर र यातायात व्यावसायी  तथा मजदुर संगठनको संयुक्त आयोजनामा ट्राफ्रिक नियमबारे प्रशिक्षण दिईएको हो  । बिहिवार एक कार्यक्रमको आयोजना गरी ट्राफिक नियम सम्बन्धी जानकारी गराईनुका साथै नजिकै आईरहेको हिन्दुहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षीत गरि हुन सक्ने दुर्घटनाहरुको न्युनिकरणका लागि चालकलाई थप जिम्मेवार बनाउन अनुशिक्षण कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय कंचनपुरका प्रमुख केशब राज भट्टले बताएका छ्न।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, र यातायात व्यवसायी तथा मजुदुर संगठनको संयुक्त आयोजनामा   गरिएको उक्त  कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेश र  सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सहकार्य गरेको थियो । उक्त  कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम  कडेँल रहेका थिए भने विशिष्ट अतिथीमा सशस्त्र प्रहरी बल न.७ बैजनाथ बाहिनी प्रमुख सुरेश कुमार श्रेष्ठ रहेका थिए । 
यसै गरि अतिथीहरुमा सुदुरपश्चिम ट्राफिक प्रहरी प्रमुख एसपी वामदेव गौतम,जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता एवं डिएसपी सिद्धराज न्यौपाने, यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख बिनोद कुमार माली, नेपाल पत्रकार महासंघ कंचनपुरका अध्यक्ष माधव सिंह धामी, उधोग बाणिज्य संघ कंचनपुरका अध्यक्ष जंग बहादुर मल्ल लगायत अन्य अतिथीहरुको बाक्लो उपस्थिति रहेको थियो । महाकाली यातायात प्रा.लि कंचनपुरका अध्यक्ष डम्बर राज पन्त भने कार्यक्रमका सभापती रहेका थिए ।

कार्यक्रममा असल सवारी चालक र ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याएका १० जनालाई  सम्मान समेत गरिएको थियो ।सम्मानीत हुनेहरुमा सामुदायिक सेवा केन्द्र, ममताज पार्टी प्यालेसका संचालक राम बहादुर चन्द, भानुपार्टी प्यालेसका संचालक भानदेव जोशी  र  चालकहरुमा रमेश बहादुर सिंह, सुरेन्द्र बोहरा, रमेस बहादुर खत्री, जानकी लुहार, गणेश बहादुर खत्री, नवराज जोशी  रहेका छन् । त्यसै गरि  यात्रा गरिसकेपछि सवारीसाधन मै छुटेका समान इमानदारी पुर्वक प्रहरीलाई बुझाउने अटो चालक मदन नाथ पनि सम्मानीत भएका छन् ।   प्रहरीले सम्मान सहित प्रशंसा पत्र दिएर सम्मानीत गर्दा  आफुहरु अत्यन्तै खुसी भएको सम्मान पाएका व्यक्तीहरुले बताए। 
जिल्ला प्रहरी ट्राफिक कार्यालय कंचनपुरका प्रमुख भट्ट का अनुसार  असल चालकहरुलाई दिईएको यस सम्मानले उनिहरुलाई अझै उत्साहित  बनाउने र अन्य चालकहरूलाई प्रोत्साहित  गर्ने समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कंडेलले सुरक्षीत यात्राका लागि सवारी चालकको काँधमा ठुलो जिम्मेवारी रहेको बताएका छ्न । यात्रुको अमुल्य जीवन बोकेर हिडिरहने प्रत्येक चालकले ट्राफिक नियमको पुर्ण पालना गरि एक जिम्मेवार चालकको जिम्मेवारी पुरा गर्नुपर्ने र ट्राफिक नियमको पुर्ण पालना गर्न सके मात्रै दिनहु भईरहने दुर्घटनाहरुको न्युनिकरण गर्न सकिने बताए ।

कार्यक्रम बोल्दै सुदुरपश्चिम ट्राफिक प्रहरी प्रमुख वामदेव गौतमले समेत नयाँ चलाकहरुलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता एवं डिएसपी न्यौपानेले समेत सवारी चालकहरुले ट्राफिक नियम पालना गर्नुपर्ने मा जोड दिए । 
महाकाली यातायात प्रा.लि.का अध्यक्ष डम्बर पन्तले सडक दुर्घटनाबारे यातायात व्यवसायी सचेत रहेको र त्यसको न्युनीकरण गर्न सरोकारवाला निकायसँगको सहकार्यमा कार्यक्रम  आयोजना गरिएको बताए । उनले यस्ता तालिम तथा प्रशिक्षणले सडक दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छ्न। 

 जिल्ला ट्राफिक कार्यालय कंचनपुरका प्रमुख भट्टले  कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व ग्रहण गरेका महाकाली यातायात प्रा.ली.का अध्यक्ष पन्तले कार्यक्रमको समापन गरेका थिए ।