बैतडीमा भएको हत्या प्रकरणका आरोपित चार जना लाई सार्वजनिक

बैतडीमा भएको हत्या प्रकरणका आरोपित चार जना लाई सार्वजनिक

बैतडीमा व्यापारी कमलसिंह महराको हत्याको आरोपमा पक्राउ गरिएका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। हत्याको आरोपमा पक्राउ गरिएका रामबहादुर मडै, हरिशसिंह महरा, रामबहादुर महरा र संकरसिंह महरालाई प्रहरीले सार्वजनिक गरेको हो। 

७ जना पक्राउ गरिएकोमा ३ जनालाई सामान्य सोधपुछपछि छाडेको प्रहरीले बताएको छ। सार्वजनिक गरिएका ४ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिने बैतडी प्रहरीले जानकारी दिएको छ।