मेलौली नगरपालिका ६ मा नेकपा एस को वडा कमिटी गठन

मेलौली नगरपालिका ६ मा नेकपा एस को वडा कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मेलौली नगरपालिका ६ नम्वर वडा भेलाले नारायण दत्त भट्ट को अध्यक्षतामा २९ सदसिय वडा कमिटी गठन गरेको छ ।  

निर्वाचन आयोगबाट मान्यता पाएको एकीकृत समाजवादी पार्टीले  शुक्रबार (आज) मेलौलिनगरपालिका को नम्वर  ६ मा कमिटी गठन गरेको हो  नेकपा एकीकृत समाजवादीको भेलावाट भट्ट को अध्यक्षतामा २९ सदसिय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा केसरी देबि भट्ट  , सचिवमा उत्तर प्रसाद भट्ट  उपसचिवमा नन्दा भट्ट  लगायत २९ सदस्यीय  वडा कमिटी चयन भएको  नेकपा एकीकृत समाजवादी  जिल्ला कमिटी उपसचिव गौरी शंकर भट्टले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य लक्ष्मण भट्टको प्रमुख आथित्यता तथा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीका उपसचिव गौरीशंकर भट्ट र भिम भट्ट को  विशिष्ट आथित्यतामा  सम्पन्न भएको हो वडा भेलामा जिल्ला कमिटी सदस्य ,शिवराज भट्ट,नेकपा समाज बादी का  नेताहरूको सहभागिता रहेको थियो । 

नेकपा एकीकृत  समाजबादीले बैतडी जिल्ला भरिनै अब कमिटी गठन गर्ने नेकपा एकीकृत समाज बादी का उप सचीव गौरीशंकर भट्ट को भनाइ छ । भेलामा विभिन्न पार्टीवाट पार्टी परित्याग गरि मेलौलिका १५ जनाले एकीकृत समाजवादि प्रवेश गरेका छन । यस्तै मेलौली नगरपालिका वडा नम्बर ३ मा पनि मान बहादुर चन्द को सयोजत्तमा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।