बेहुला बिनै युवतीको बिहे !

बेहुला बिनै युवतीको बिहे !

सामान्यता एक पुरुष र एक महिलाबीच विवाह हुन्छ । बदलिदो समाजमा तेश्रो लिंगी, समलिंगीबीच पनि विवाह हुदैँ आएको छ । विवाहको बदलिदो स्वरुपमा पुरुषले पुरुषसँग, महिलाले महिलासँग मात्र नभई बस्तु, कार, जनावरसम्म विवाह भएको सुन्न देख्न पाइन्छ । तर के कुनै मानिसले आफैसँग आफ्नो विवाह गर्ला ?

एक युवतीले भने विवाह त गरीन् तर वेहुलासँग होइन आफैले आफुसँग विवाह गरीन् । अस्ट्रेलियाकी पैट्रीसिया क्रिस्टीनले आफैसँग आफ्नो विवाह गरेकि छिन् । उनको यो अनौठो विवाहको खबरले सबैलाई चकित तुल्याएको छ ।

अस्ट्रेलियाको सिडनी निवासी २८ बर्षिया क्रिस्टीनले आफ्नो टिकाटालोपछि तय भएको विवाह टुटेपछि कुनै व्यक्तिसँग नभई केवल एक्लै जीवन बिताउने अठोट गरीन् । पेशाले शिक्षिका रहेकी उनी ८ बर्ष अघि तय भएको विवाह टुटेपछि स्वयम्सँग विवाह गरेकी हुन् ।

उनले विवाहको सबै प्रकृया पुरा गरेकी थिइन् । विवाहको निम्तो कार्ड छापेर बाड्नदेखि बेहुलीको पहिरन, हीराको औठी, भोजको व्यवस्थासम्म उनको विवाहमा थियो । हुनत यो विवाह २०२० को मे मा नै भएको थियो । तर अहिलेसम्म पनि यसको चर्चा चलिरहेको छ ।