रक्तदान कार्यक्रम संगै महेन्द्रनगरमा मनाईयो 'विश्व फार्मासिस्ट दिवस'

रक्तदान कार्यक्रम संगै महेन्द्रनगरमा मनाईयो 'विश्व फार्मासिस्ट दिवस'

महेन्द्रनगर । कंचनपुरको महेन्द्रनगरमा अवस्थित फारवेष्ट स्कुल अफ मेडिसिनमा अध्ययनरत विद्यार्थीहरुले आज विश्व फार्मासिस्ट दिवस मनाएका छ्न। विश्व फार्मासिस्ट दिवस को अवसरमा नेपाल फार्मेसी संघ सुदुर पश्चिम प्रदेशले फारवेष्ट स्कुल अफ मेडिसिनमा डिप्लोमा तह फार्मेसी अध्ययनरत विद्यार्थीहरु संगै महेन्द्रनगर बजार परिसरमा र्याली निकालेको थियो ।

फारवेष्ट स्कुल अफ मेडिसिन भासीको प्राङ्गणबाट सुरु गरिएको र्याली महाकाली अस्पताल देखि गल्ली नम्बर ५ हुँदै  चम्मन चोक बाट फेरि विद्यालयमै  पुगेको हो । 
  
र्यालीमा फार्मेसी संघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष केशव ओझा, उपाध्यक्ष अभिषेक कार्की लगायत अन्य फार्मासिस्टहरुको उपस्थिति रहेको थियो । फारवेष्ट स्कुल अफ मेडिसिनका प्रधानाध्यापक श्याम  झा ,सोही विद्यालयका शिक्षक प्रकाश महरा, शिक्षक योगेन्द्र पाण्डेय पनि उक्त र्यालीमा सहभागी भएका थिए।  

महेन्द्रनगर बजार परिसरमा  र्याली सकिए पछि  नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेशले नेपाल रेडक्रस सोसाइटी कंचनपुरसंग समन्वय गरि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

"जहाँ औषधि त्यहाँ फार्मासिस्ट" भन्ने मुल नारा सहित फार्मेसी पेसालाई सुव्यवस्थित बनाउन सदैव तयार रहेको फार्मेसि संघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष ओझाले बताएका छ्न । उनले   फार्मासिस्ट पेसा संग सम्बन्धित सम्पुर्णलाई पेसा  भित्र भएका बिकृतीहरुलाई हटाउन लागि पर्नुपर्ने समेत बताएका छ्न । 

 'विश्व फार्मासिस्ट दिवस' हरेक  वर्षको सेप्टेम्बर २५ मा मनाउने गरिन्छ।