नेपालमा ९ सय ५३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

नेपालमा ९ सय ५३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५० जनाको पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।