धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फेरि काठमाडौँ फर्कियो

धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फेरि काठमाडौँ फर्कियो

धनगढी । काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फेरि काठमाडौँ फिर्ता भएको छ । प्राविधिक कारणले जहाज डाइभर्ट भएर पुनः काठमाडौँ आपतकालीन अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज उडेको ११ मिनेटपछि डाइभर्ट भएको हो । धनगढीका लागि उडेको जहाज डाइभर्ट भएपछि फेरि काठमाडौँ अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।