नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरका ९ वटै स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरका ९ वटै स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न

कञ्चनपुरका ९ वटै स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लामा शनिबार गाउँ–नगर अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर बिष्ट, वेदकोट नगर समितिमा तुलाराम साहु र भीमदत्त नगर समितिमा अच्युतराज कलौनी सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै कृष्णपुर नगर समितिमा विष्णु खड्का, शुक्लाफाँटा नगर समितिमा दानबहादुर ऐर र दोधाराचाँदनी नगर समितिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा निर्विरोध नगर सभापतिमा चयन भएका बताइएको छ।