नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत , बैतडीका सबै पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत , बैतडीका सबै पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा पालिका अधिवेशन भएको छ। जिल्लाको सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ।

कार्यसमतिको उपसभापतिमा करबीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका मतदान अधिकृत कुँवरले बताए। यसैगरि शिवनाथ गाउँपालिकाको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीर बहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको कार्यसमिति पनि सर्व सम्मतिमै चयन भएको छ। गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द चयन भएकाछन् भने उप–सभापतिमा धिराज चन्द र जमनसिंह साउद चयन भएका छन्। सचिवमा गजेन्द्र चन्द र टंक प्रशाद तिवारी चयन भएकाछन् भने, सह–सचिवमा बीर बहादुर चन्द र बिरेन्द्र भण्डारी चयन भएको युवानेता प्रकाश चन्दले बताए।

जिल्ला सदरमुकामको पालिका दशरथचन्द नगरपालिकाको कांग्रेस सभापतिमा भुवन राज भट्ट प्यानल सहित बिजयी भएका छन्।  उपसभापतिमा सुरज बहादुर चन्द र हरीश राम टमटा निर्वाचित भएका छन्। सचिवमा श्याम बहादुर चन्द र गणेश सिंह थापा सहसचिवमा उत्तम राज जोशी र राजेन्द्र बडु बिजयी भएका छन्। 

पुर्चौडी नगरपालिकाको कांग्रेस सभापतिमा गणेश सिंह गडाल बिजय भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानलसहित बिजयी भएका छन्। मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन्। उपसभापतिमा भरत सिंह पुजारा रराजबहादर चन्द बिजयी भएका छन्।  

यसैगरि सचिवमा अशोक बिष्ट र सुरेन्द्र भट्ट तथा सह सचिवमामहेश दत्त भट्ट र लक्ष्मण पोखे्रलले बिजयी भएका छन्। जिल्लाको सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन्। उपसभापतिमा सुमित्रा ऐर र धन बहादुर साउद वियज भएका छन्। सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी तथा सह सचिवमा गोविन्द अवस्थी र प्रकाश जोसी बिजय भएको युवा नेता केदार अवस्थीले बताए। यसैगरि जिल्लाको डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोसी निर्वाचित भएका छन्।