कंचनपुर। जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका भिमदत्त नगरपालिकाको नगर सभापतीमा अच्युत राज कलौनी निर्वाचित भएका छ्न। बिगत लामो समयदेखी नेपाली काङ्ग्रेसको सक्रिय राजनितीमा होमिएका नेपाल विद्यार्थी संघका केन्द्रीय पुर्व सह-महामन्त्री कलौनी आसन्न १४ औं महाधिवेशनबाट नगर सभापतीमा पदमा भारी मतले निर्वाचित भएका हुन ।शनिबार सम्पन्न मतदानमा प्रतिद्वन्द्वी आशिष खत्रीलाई १ सय २३ मतले पराजित गर्दै कलौनी सभापतिमा विजयी भएका हुन ।शनिबार भएको मतदानबाट कलौनीको सम्पुर्ण प्यानल नै विजयी भएको छ । कलौनीले २५० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी खत्रीले १२७ मतमात्र प्राप्त गरेका थिए ।
आफू सभापति भईसकेपछी नगर भित्र रहेका पार्टी र संगठनका कमि कमजोरीहरु सुधार्दै जाने उनले बताएका छ्न । उनले सर्वप्रथम पार्टी भित्र रहेको गुटगत राजनीतिलाई हटाउन मुख्य भुमिका निभाउने बताएका । नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्ताहरु सङ्ग आफ्नो समान दृष्टिकोण रहने र आफ्नो जिम्मेवारी पूरा गर्ने कलौनीले बाचा गरेका छ्न । उनले नेपाली काङ्ग्रेसका आम नेता कार्यकर्ताहरुलाई गुटगट राजनीतिका विरुद्ध लाग्न आग्रह समेत गरेका छ्न । गुटगत राजनितीले पार्टीलाई नै कमजोर बनाएर लैजाने उनको भनाई छ । उनले नगर सभापतिमा मतदान गरि सहयोग गर्ने पार्टीका सम्पुर्ण सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका छ्न। उनले भने;”अबका दिनमा पनि काङ्ग्रेसको सिद्धान्त मुल मर्मलाई आत्मसात गरि पार्टी र संगठनलाई गाउँ गाउँ सम्म पुर्याई बलियो र सुदृढ काङ्ग्रेसको निर्माण गर्ने कार्य गर्ने छु।"
यसैगरि उपसभापतिमा कलौनीकै प्यानलका सुशिल भट्टले २५५ मत र दिपेन्द्र विष्टले २३२ प्राप्त गरि विजयी भए छ्न ।
सचिवमा नितु भण्डारी भट्टले २३६ र राहुल भट्टले २०२ मत प्राप्त गरो विजयी भएका छ्न भने सहसचिवमा केशव पाण्डे २५५ र नन्दराज पन्त १७६ मत प्राप्त गरि विजयी भएका छन् । भीमदत्त नगरपालिकामा ३९१ मतदातामध्ये ३८७ मत खसेको थियो ।