सत्तारूढ गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषद् विस्तारबारे छलफल

सत्तारूढ गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषद् विस्तारबारे छलफल

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा गठबन्धनमा सामेल पाँचै दलका शीर्ष नेताको उपस्थिति रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिएका छन् ।

सरकार गठनको ढाई महिना पुगिसक्दासमेत मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । राजनीति दलसम्बन्धी अध्यादेश र मन्त्रालय भागवण्डामा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।