सुदुरपचिमको इकमर्स कम्पनी, अपिबजार सञ्चालनमा : के के छन सुबिधा ?

सुदुरपचिमको इकमर्स कम्पनी, अपिबजार सञ्चालनमा : के के छन सुबिधा ?

धनगढी। सुदूरपश्चिमलाई लक्षित गर्दै ईकमर्स प्लेटफर्म अपीबजार सञ्चालनमा आएको छ । कम्पनीले सुरुवाती समयमा कैलाली र कञ्चनपुरमा आफ्नो सेवा सुरु गरेको हो ।

यसबाट प्रयोगकर्ताले  आफूलाई मन परेको फेन्सी, इलेक्ट्रोनिक, होम अपलाइन्सेस, खेलकुद तथा स्टेसनरी, कृषी सामग्री, स्थानीय उत्पादन लगायतका सामग्री खरिद गर्न सक्नेछन् । धनगढी र महेन्द्रनगरमा रहेका बिभिन्न रेष्टुरेन्ट, बेकरीबाट आफूलाई मन परेको खाजा तथा खानाका परिकार र केक समेत यसबाट अर्डर गर्न सकिने कम्पनीका सञ्चालक टेकराज अवस्थीले जानकारी दिए ।

‘हाम्रो एपबाट  प्रयोगकर्ताले कम्प्युटर, मोबाइल, अटोमोबाइल र पुस्तक जस्ता आफ्ना सेकेन्ड ह्यान्ड सामग्री समेत खरिद बिक्री गर्न सक्छन्,’ उनले भने, ‘साथै घरजग्गा, पसल, अफिस, फ्ल्याट, कोठा आदि भाडामा लगाउन र बिक्री गर्नका लागि समेत निःशुल्क विज्ञापन राख्ने सुविधा हामीले दिन थालेका छौँ ।’

कञ्चनपुरका प्रायः सबै नगरपालिका, धनगढी उपमहानगरपालिका र गोदावरी भित्र डेलिभरी दिने गरिएको कम्पनीले जनाएको छ । बजार क्षेत्रमा निःशुल्क रुपमा डेलिभरी दिइने भन्दै अवस्थीले अन्य स्थानका लागि दुरीको आधारमा अधिकतम १०० रुपैयाँ लाग्ने बताए । हालका लागि एन्ड्रोइडमा मात्र उपलब्ध कम्पनीको एप आईओएसमा आउन भने अझै केही समय लाग्ने कम्पनीले जनाएको छ ।

एप यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।