डिलाशैनि गाउँपालिका-४ मा सांस्कृतिक महोत्सव हुने

डिलाशैनि गाउँपालिका-४ मा सांस्कृतिक महोत्सव हुने

बैतडी । बैतडीको डिलाशैनि गाउँपालिका वडा नम्बर ४ मा सांस्कृतिक महोत्सव हुने भएको छ । आइतबार बसेको मठैराज सांस्कृतिक क्लबको बैठकले यही कार्तिक १६ गते देखि २० गते सम्म महोत्सव आयोजना निर्णय गरेको हो ।

आउँदै गरेको बडा दसैँ तथा तिहारको अवसरमा पाचौं बृहत् साङ्गतिक महोत्सव २०७८ को आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेशराज पन्तले जानकारी दिए । कार्यक्रममा स्थानीय भेष भूषा छलिया नाच, फाग, डुस्को, घुमारी र मठैराज युवा क्लबको बेजोड नृत्य  प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

साथै स्थानीय कलाकार देखि लिएर राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक नरेन्द्र बोहराले जानकारी दिए । बैतडी जिल्लाकै बिकट बस्ती मठैराजमा पहिलो पटक आफूले महोत्सवको आयोजना गरेको थिए, क्लबका अध्यक्ष पन्तले भने, अझै थुप्रै यो ठाउको लागि यो क्लब बाट मेरो कार्यकालमा गर्ने छु ।

त्यसै गरी खुला दिसा मुक्त पूर्ण खोप गाविस घोषणा र जातीय छुवाछूत छाउपडी प्रथा बालविवाह लगायत थुप्रै क्षेत्रमा क्लबले काम गरिरहेको क्लबका सचिव शंकरदत्त पन्तले बताए । मुख्य चाडबाडको मुखमा हुन सक्ने अप्रिय घटनालाई न्यूनीकरण गर्न तिहारमा कार्यक्रम गर्दै आइरहेको क्लबका सहसचिव केशव लुहारको भनाई छ । 

साथै कार्यक्रम सञ्चालन गर्नको लागि आर्थिक समिति पनि गठन गरिएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा डिलाशैनि गाउँपालिका बासीलाई आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।

यस्तै कार्यक्रममा सहयोग गर्ने सहयोग मनहरूलाई विशेष सम्मान गरिने र विगतका वर्षमा पनि हामीलाई सहयोग गर्दै आएका सहयोगी दाताहरूलाई पनि सम्मान गरिने क्लबका अध्यक्ष पन्तले बताए ।

महोत्सवमा निःशुल्क रूपमा अवलोकन गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ । क्लब २०७१ सालमा दर्ता भएको थियो ।