धनगढी उप-महानगरपालिकालाई ल्यापटप र ट्याबलेट हस्तान्तरण

धनगढी उप-महानगरपालिकालाई ल्यापटप र ट्याबलेट हस्तान्तरण

धनगढी । धनगढी उपमहानगरपालिकामा कोभिड-१९ भ्याक्सिनको पुर्व दर्ताका लागि सहज होस भन्ने उद्देश्यले विभिन्न संस्थाले ल्यापटप र ट्याबलेट उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्ण बहादुर बोहराले स्वास्थ्य मन्त्रालयको समन्वयमा डब्ल्युएचओले १४ थान आईप्याड र युनडीपीले ९ थान ल्यापटप उपमहानगरपालिकालाई हस्तान्तरण गरेको बताए ।

समान हस्तान्तरण गर्दै स्वास्थ्य मन्त्रालयका एकीकृत स्वास्थ्य तथा सुचना ब्यबस्थापन शाखाका प्रमुख अनिल थापाले उक्त सामाग्रीले उपमहानगरपालिकालाई खोप पुर्व दर्ता प्रणालीलाई सहज हुने बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उपमहानगरपालिकाले १९ वटै वडाका खोप लाउन बाकी रहेकाहरुको खोप पुर्व दर्ता प्रक्रियाका लागि प्राप्त सामाग्रीहरुले निकै सहज हुने बताउदै सहयोग गर्ने संस्थालाई धन्यवाद दिए ।

उनले खोप लाउन छुटेका वडाबासीहरुको घरघरमा पुगेर स्वास्थ्य स्वयंसेवीकाहरुले खोप पुर्व दर्ता गर्ने समेत बताए ।