६६ औं प्रहरी दिवसको अवसरमा दार्चुलाका १० जना असल सवारी चालक सम्मानित

६६ औं प्रहरी दिवसको अवसरमा दार्चुलाका १० जना असल सवारी चालक सम्मानित

दार्चुला । ६६ औं प्रहरी दिवसको अवसरमा दार्चुलाका १० जना असल सवारी चालकलाई सम्मान एवं पुरस्कृत गरिएको छ । 

लगातार तीन वर्ष सम्म सवारी साधन चलाउदै आएका तथा असल बानी व्यहोरा भएका सवारी चालकहरुलाई प्रहरी दिवसको उपलक्ष्यमा सम्मान एवं पुरस्कृत गरिएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका प्रमुख हिक्मत सिंह महताले जानकारी दिए । 

सम्मानित हुनेमा देव दत्त भट्ट, दिपेन्द्र बहादुर विष्ट, गजेन्द्र सिंह ठगुन्ना, खगेन्द्रराज जोशी, मोहनराम कोली, गगन सिंह धामी, केशर सिंह महरा, अकबर सिंह ठगुन्ना, मुकेश राना र रघुबिर सिंह धामी रहेका छन् । ट्राफिक प्रहरीले विभिन्न चार वटा मापदण्डका आधारमा सवारी चालकहरुलाई छनौट गरी सम्मान गरेको हो ।

लगातार तीन वर्षसम्म सवारी साधन चलाउदै आएको, सवारी साधन सम्बन्धी कुनै पनि अभियोगमा प्रहरीमा नआएको, दुर्घट्ना नगरेको र यात्रुहरुबाट चालकबारे कुनै पनि गुनासा नआएको आधारमा उनीहरुलाई प्रहरी दिवसको अवसरमा सम्मानित एवं पुरस्कृत गरिएको ट्राफिक प्रमुख महताले बताए ।