एनसेलको पेजी डाटा मात्र १ रुपैयाँमा, रिचार्जमा बोनस साथमा डाटा !

एनसेलको पेजी डाटा मात्र १ रुपैयाँमा, रिचार्जमा बोनस साथमा डाटा !

एनसेल आजियाटाले यसपालिको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ । चाडपर्वको अवसरमा एनसेलले पेएजयूगो (पेजी) डाटा शुल्कलाई घटाई प्रति एमबी १ बनाएको छ र यसका साथै ग्राहकले अब ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डाटा पाउन सक्नेछन् ।

यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डाटा प्रयोग गर्न सक्छन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक १ रुपैयाँ प्रति एमबीमा डाटा सेवाको फाइदा लिन सक्छन् । दसैँ, तिहार र छठको पावनअवसरमा ल्याइएको पेजी अन्तर्गत १ रुपैयाँ प्रति एमबी अफर बुधवार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागु हुनेछ ।

यो योजना ९० दिनको लागि मान्य रहनेछ । रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । ५० देखि ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबीदेखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डाटा भोलुम प्राप्त गर्दछन् । 

त्यस्तैगरी १०० रुपैयाँ देखि १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्दछन् । २०० रुपैयाँ वा सोभन्दा बढि रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउनेछन् ।

डाटा प्याकमार्फत डाटा प्रयोग सबैभन्दा राम्रो विकल्प भएता पनि पेएजयूगो अर्थात पेजी शुल्कमा छुटले ग्राहक माझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ । चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरुलाई आफ्ना परिवारजन, साथीभाईसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

एनसेलले बुधवार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो ।