दार्चुलामा कार्यरत स्थानीय संस्था दलित महिला संघ दार्चुलाको साझेदारीमा स्वयंसेवी संस्था टेवा नेपाल काठमाण्डैको आर्थिक सहयोगमा दार्चुला जिल्लाका वाढीपहिरो पीडित घरधुरी लाई बिहिवार राहत वितरण गरिएको छ ।
दार्चुला को महाकाली नगरपालिका वडा नं ४ बाट राहातबितरण कार्यक्रम को शुरुवात गर्नुभएको हो । महाकाली नगरपालिका वडा १ का ४० जना वाढी पहिरो पीडित ४० घरधुरीलाई २५ केजी चावल ३ केजी दाल ३ पोका खाने तेल च्युरा र सावुन लगायतका समाग्री बितराण गर्नु भएको छ । यस्तै दुई जना एकल पीडित महिला हरुलाइ लत्ताकपडा सहित दिएको छ । महाकाली नगरपालिका वडा ४ का वडा अध्यक्ष पुष्कर जोशी उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासका शाखा अधिकृत दिवानीराम लोहार समाजिक अभियन्ता आन सिह लोहार र दान सिह विश्वकर्मा को उपस्थितमा यो कार्यक्रम सम्पन्न भएको हो ।
दुहु, ब्यास र मालिकार्जुन गाउपालिकामा पनि पीडित घरधुरीलाई २५ केजी चावल ३ केजी दाल ३ पोका खाने तेल च्युरा र सावुन लगायतका समाग्री वितरण गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य लक्ष्मी वि क को पहलमा दार्चुलाका वाढीपहिरो पीडितलाई राहत वितरण कार्यक्रम भैरहेको हो । यो वर्ष दार्चुला जिल्लामा गएको वाढी पहिरोवाट ठुलो धनजनको क्षति पुगेको थियो जसमा दुहू गाउँपालिका , महाकाली नगरपालिका र ब्यासगाउँपालिका बाढिपिडित को वढी जनसंख्या थियो ।
यस्तै दलित महिला संघ ले आज र भोलि जिल्लाका दुहु गाउँपालिका , ब्यास गाउँपालिका ,मालिकार्जुन गाउपालिका र महाकालीनगरपालिका १७२ घरघुरी लाई ४५ क्वीन्टल चामल ५२ पेटी तेल ३ पोका खाने तेल च्युरा र सावुन लयातका समाग्री वितरण गरिने नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य बि.क ले जानकारी दिनुभएको छ ।