मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा कञ्चनपुरमा एक जनाको मृत्यु एक घाइते

मोटरसाइकल  अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा कञ्चनपुरमा एक जनाको मृत्यु  एक  घाइते

बेलौरी नगरपालिका-१ बैशाखीका ३२ वर्षीय रकमबहादुर शाहीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। 

शुक्रवार साँझ बेलौरी कलुवापुर राजमार्गको मैनाहामा सडकखण्डमा से ७ प ५७०६ नम्बर मोटरसाइकल आफै अनियन्त्रित अनियन्त्रित भई  मोटरसाइकल  कल्भर्टमा ठोक्किँदा गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा इशासन मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

रकमसँगै मोटरसाइकलमा सवार नवराज शाही घाइते भएका छन्। उनको उपचार भैरहेको छ। रकम नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका जिल्ला सदस्य हुन्। संघको जिल्ला बैठकमा सहभागी भई घर आउने क्रममा उनी दुर्घटनामा परेका हुन्।