धनगढीमा असोज २५ गते 'फारवेस्ट मिक्स टेप नाइट २०२१' को आयोजन हुँदै

धनगढीमा असोज २५ गते 'फारवेस्ट मिक्स टेप नाइट २०२१' को आयोजन हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अभि मिडिया इभेन्ट्स एण्ड स्पोटर्स प्रा.लि. को आयोजनामा धनगढीमा (फारवेस्ट मिक्स टेप नाइट २०२१) को आयोजन हुने भएको छ ।

धनगढीको उत्तरबेहडीमा अवस्थित आफ्नो घर टेम्पल रिसोर्टमा यही असोज २५ गते सोमबार साँझ ६ बजे सो कार्यक्रमको आयोजना हुने भएको हो ।

टुबर्ग नेपालद्धारा प्रस्तुत  (फारवेस्ट मिक्स टेप नाइट २०२१) मा कमेडियन हिक्मत महरा,  कमेडियन दीपेन्द्र ओली र कमेडियन दर्पण शर्माको प्रस्तुति रहने आयोजक प्रतिनिधि दिनेश भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार अभि मिडिया इभेन्ट्स एण्ड स्पोटर्स प्रा.लि. ले आयोजना गरेको उक्त कार्यक्रममा कार्यक्रम अवधिभर रिदम व्याण्ड धनगढीको संगित रहने छ । भने डिजे कलपीतले डिजे सञ्चालन गर्ने छन् ।

त्यस्तै, कार्यक्रमको मुख्य प्रायोजक हाईल्याण्डर भोड्का, प्रायोजक हिमालयन वेभरी लि., अतिथि सत्कार आफ्नो घर टेम्पल रिसोर्ट धनगढी, रेडियो पार्टनर रेडियो धनगढी ९०.५ मेगाहर्ज र अनलाइन मिडिया पार्टनर खबर कुञ्ज डटकम र सोधपत्र डटकम रहेका भण्डारीले बताए ।

साथै कार्यक्रम आयोजक प्रतिनिधि भण्डारीले कोरोना कहरको लामो समय पश्चात् हाँस्न र रमाउन चाहने दर्शक श्रोताहरूको लागी सो कार्यक्रमको आयोजना गरिएको बताउँदै पायक पर्ने सम्पूर्ण मानुभावहरुलाई उपस्थित भई कार्यक्रमको सोभा बढाई दिन हुन अनुरोध गरेका छन् ।