लुकीलुकी कसले हेर्दैछ तपाइँको फेसबुक प्रोफाइल ? यसरी थाहा पाउनुहोस्

लुकीलुकी कसले हेर्दैछ तपाइँको फेसबुक प्रोफाइल ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकमा प्रयोगकर्ताहरु यति आशक्त भैसकेका छन् कि उठबस, घुमफिर तेरी बस्ने, खाने सुत्ने सम्मका आफ्ना नितान्त निजी जानकारीहरु समेत फेसबुकमा शेयर गर्दछन् ।

कतिपय मानिसहरुले त फेसबुकबाटै आम्दानी पनि गरिरहेका हुन्छन् । अर्थात् समग्रमा फेसबुक यस्तो प्लाटफर्म बनेको छ जसले हाम्रो लगभग सबै खालका आवश्यकताहरु पूरा गर्दछ ।

फेसबुकमा मित्रता कायम गर्नु निकै सजिलो छ । तपाइँलाई जो सँग दोस्ती गर्नुछ, मात्र उसलाई फ्रेण्ड रिक्वेस्ट पठाए पुग्यो । यदि उसले तपाइँको अनुरोध स्विकार गर्यो भने भयो मित्रता ।

यद्यपि कहिलेकाहीँ फेसबुकमा भएको मित्रतामा दरार पनि आउँछ, जसका कारण फेसबुके साथीहरु एक अर्कालाई ब्लक वा अनफ्रेण्ड गर्दछन् । तर साथीबाट हटाइसकेको साथीको फेसबुक प्रोफाइल भने लुकीलुकी हेर्दछन् । यदि तपाइँलाई आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने जान्ने इच्छा छ भने त्यसको निकै सजिलो उपाय छ ।

आइफोन प्रयोगकर्ताले सहज रुपमा फेसबुक एपको प्राइभेसी सेटिंग्समा गएर आफ्नो प्रोफाइल हेर्ने मानिसहरुको बारमा जानकारी लिन सक्दछन् ।

कम्प्युटरबाट वेब भर्सनमा फेसबुक चलाउँदा चाहीँ निम्नानुसारको विधि अपनाउनुपर्दछः

तपाइँको फेसबुक प्रोफाइल कस कसले चेक गरिरहेको छ यो पत्ता लगाउने अर्को तरिका पनि छ । यसका लागि तपाइँ क्रोम एक्सटेन्सनको सहयोग लिन सक्नुहुन्छ । वास्तवमा गुगल क्रोममा गएर तपाइँले Super Viewer for Facebook जस्ता एक्सटेन्सन डाउनलोड गर्नुपर्दछ ।

यसको सहयोगमा तपाइँले आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ । यद्यपि यी दुबै तरिकाबाट तपाइँको फेसबुक प्रोफाइल सम्बन्धित व्यक्तिले कुन मितिमा हेर्यो भन्ने कुरा चाहीँ पत्ता लगाउन सकिँदैन ।

एजेन्सीको सहयोगमा