काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचार गर्ने बताएका छन्। प्रधानमन्त्री देउवाले दुर्घटनाले आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण समेत गरे।
उनले भनेका छन्, ‘सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक/निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु।’