मन्त्री नपाउँदा पनि रोकिएन शेरबहादुर कुवरको संगठन निर्माण गर्ने रफ्तार

मन्त्री नपाउँदा पनि रोकिएन शेरबहादुर कुवरको संगठन निर्माण गर्ने रफ्तार

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एंब राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवरको मन्त्री नपाउँदा पनि संगठन निर्माण गर्ने रफ्तारमा कुनै कमी आएको छैन ।

अछाम जिल्लामा संगठन निर्माण गर्न छुटै पहिचान बनाएका नेता शेरबहादुर कुवरलाई उनी विरोधी खेमा केही व्यक्तिहरूले मन्त्री पदकको लोभका कारणले विद्रोह गरेको हल्ला गरे पनि त्यो हल्लामा सीमित भएको छ ।

अछाम जिल्लामा हुन लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न सदरमुकाम मगलसेन जाने क्रममा नेता शेरबहादुर कुवरलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले फोन गरेर राज्य मन्त्री बन्न आग्रह गरे पनि आफूले अस्वीकार गरेको बताउनु भयो ।

पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरूले आम नेपाली जनताको पक्षमा इमानदार पूर्वक काम गर्नु पर्ने बताउँदै नेता कुवरले पार्टी र मन्त्रिलाई बिचौलिया बाट जोगाउन सुझाव दिएको बताउनु भयो ।

इमानदार पूर्वक मूल्य,मान्यता,आस्था र निष्ठाको राजनीति गरेको बताउने कुवर नेकपा एमालेमा भएको विद्रोह देखि मन्त्री हुने चर्चा पार्टी भित्र र बाहिर बाट नेपाली राजनीतिक बजारमा निकै चलिरहेको थियो ।

मन्त्री परिषद् बिस्तार हुन लागेको समयमा नेता कुवर पार्टीको प्रथम जिल्ला भेलामा सहभागी हुन असोज २१ गते अछाम जिल्ला आइ पुग्नु भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य भएर पहिलो पटक आफ्नो गृह जिल्ला अछाम प्रवेश गर्दा केही विरोधका मधुरा स्वर निस्के पनि युवा र विद्यार्थीले चौरपाटी गाउँ पालिका वडा नम्बर ७ मार्कु बाट मोटरसाइकल र्‍यालीले स्वागत तथा स्कटिङ्ग गरेका थिए ।

अछाम जिल्लाको मुख्य व्यापारी केन्द्रमा एकरात बसेर २२ गतेको जिल्ला भेलाको तयारीका लागि योजना बनाएर बिहान युवा,विद्यार्थी पार्टी नेता कार्यकर्ता समर्थक शुभचिन्तक ठुलो सङ्ख्यामा जुलुस सहित सदरमुकाम मङ्गलसेनमा पुग्दा निकै उत्साहित बनेका थिए नेता कार्यकर्ताको बाक्लो उपस्थितिले ।

असोज २२ गते जिल्ला पार्टी कार्यालयको उद्घाटन र भेला भव्य र सभ्यताका साथ सम्पन्न भएर हिरेण्ड भट्टराईको अध्यक्षतामा जिल्ला कमिटी घोषणा समेत भएको छ ।

असोज २३ गते बिहानै मंगलसेन नगरपालिका,पञ्च देवल विनायक नगरपालिका,कमलबजार नगरपालिका तुर्माखद,ढकारी र रामारोशन गाउँ पालिकाका नेता कार्यकर्ता सँग जिल्लाभर संगठन निर्माणका बारेमा छलफल गरेर दिउँसो नेपाल पत्रकार महासंघ अछाम शाखाको आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर नेकपा एमाले भित्र देखिएको गैर कम्युनिस्ट चिन्तनका विरुद्ध आफूले विद्रोह गरेको बताउनु भयो ।


असोज २३ गते बान्निगढी जयगढ गाउँ पालिकाको जयगढ बजारमा स्थानीय नेता कार्यकर्ता सँग भेटघाट एंब अन्तरक्रिया गरेका नेता कुवरले एमालेमा सैद्धान्तिक विचलन आएकोले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
असोज २४ गते नेकपा (एकीकृत समाजवादी ) चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायल र २५ गते चौरपाटी गाउँ पालिकाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान सहभागी भएर दसैँ तिहारको शुभकामना दिँदै सधैँ आफू न्याय समानताको पक्षमा लागि रहेको बताउनु भयो ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य शेरबहादुर कुवरले चौरपाटी गाउँ पालिका ,साँफेबगर नगरपालिका मेल्लेख गाउँ पालिकाका स्थानीय नेता कार्यकर्ता सँग संगठन निर्माण परिचालनका बारेमा सुझाव माग्दै आगामी दिनका कामको बारेमा जानकारी गराउनु भएको थियो ।

नेकपा (एकीकृत समाजवादी) नेता शेरबहादुर कुवर सँगै साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवर उप प्रमुख बिर्मला बुड्थापा तत्कालीन एमालेका नगर इन्चार्ज शिवबहादुर कुवर (सिलोज) चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउद मेल्लेख गाउँपालिका तत्कालीन नेकपाका इन्चार्ज हिरेण्ड भट्टराई बान्निगढी जयगढ गाउँ पालिकाका नेता मोहनलाल ताम्राकार रामारोशन गाउँ पालिकाका तारा प्रसाद खनाल मंगलसेन नगरपालिका नैन स्वडारी,पूर्ण राना पञ्च देवल विनायक नगरपालिका योगेन्द्र विष्ट नमराज न्यौपाने कमलबजार नगरपालिका प्रदेश कमिटी सदस्य शंकर भण्डारी सत्यराज तिमिल्सेना ढकारी गाउँपालिका नवराज साउद शेरबहादुर बुढा र तुर्माखाद गाउँ पालिका डबल चलाउने र देबिराम जैसी लगायत नेता कार्यकर्ता युवा विद्यार्थी दलित महिला पेसागत संघ संगठनका अगुवाले विद्रोहको झण्डा उठाएर नेता कुवरका सारथि बनेका छन् ।

अछाम जिल्लामा सबै क्षेत्रको समुचित प्रतिनिधित्व गराएर चलायमान संगठन निर्माण गर्न सबै नेता कार्यकर्ता एक जुट भएर लाग्न नेता कुवरले आग्रह गर्नु भएको छ ।