बैतडी । बैतडीको पाटन नगरपालिका ६ मा मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।
दशरथचन्द राजमार्गको पाटन ६ स्थित हिरापुर भन्ने स्थानमा खोडपेबाट पाटन आउँदै गरेको से ५ प ८२५३ नं को मोटरसाइकल र से १ ज २१२ नम्बरको जिप एक आपसमा ठोक्किएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक पाटन नगरपालिका ६ का अन्दाजी ३० वर्षीय योगेश कठायत घाइते रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज राजेश शाहीले बताए ।
घाइते कठायतलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।